धनगढीका दुई स्थानबाट डेढ लाख बढीको अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छलि भारतबाट ल्याइएका करिब १ लाख ८१ हजार ७३० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार धनगढी उपमहानगरपालिका–२ स्थित फन पार्क र वडा नम्बर ९ को बंग्रा कटान क्षेत्रबाट कपडा, सुर्ती, बिडीलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...