
कैलाली । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा कम्प्युटर अपरेटर पदमा कार्यरत ३३ वर्षीय जितबहादुर मयालको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार साँझ आफ्नै गोठ निर्माण गर्ने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर मयाल गम्भीर घाइते भएका थिए। घाइते मयाललाई उपचारका लागि लालरत्न अस्पताल, लम्की लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मयाल सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिए।

