स्कार्पियो दुर्घटना : घाइते रजिष्ट्रारकी श्रीमतीको उपचारका क्रममा मृत्यु

cp new add
Nisharg hospital

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मंगलबार बिहान भएको स्कार्पियो जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

Nast Ad

दुर्घटनामा घाइते भएकी उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार ५७ वर्षीय तारादत्त बडु, उनका छोरा २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता र जिप चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका थिए।

दुर्घटनापछि मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहेको छ भने बडु परिवारका सदस्यलाई नेपाली सेनाको हेलिकप्टरमार्फत वीरेन्द्र सैनिक अस्पताल, छाउनी लगिएको थियो।

बिहान करिब सवा १० बजे छाउनी अस्पताल पुर्‍याइएकी लक्ष्मी बडुलाई चिकित्सकले करिब साढे १० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...