टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

cp new add
Nisharg hospital

 

काठमाडौं । मुस्ताङ घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा टिपरबाट खसेर एक युवकको मृत्यु भएको छ।

Nast Ad

मंगलबार जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा जिल्ला रोल्पा, लुङ्ग्री गाउँपालिका–३ बस्ने २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए।

घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...