४ किलो शङ्कास्पद मासुसहित दुई युवक पक्राउ

cp new add
Nisharg hospital

सिराहा । सिराहाको औरही गाउँपालिका-५ स्थित गागन खोलामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा करिब ४ किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई पक्राउ गरेको छ।

Nast Ad

पक्राउ पर्नेमा औरही गाउँपालिका-५ मुस्लिम टोलका २५वर्षीय मोहतर अलि र सोही टोलका बस्ने २९ वर्षीय मोहमद अफरोज खान रहेका छन्। उनीहरू मधेस प्रदेश ०१-००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चेकजाँच गर्ने क्रममा शङ्कास्पद मासुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद मासु गाईको मासु जस्तो देखिएको र भारतबाट ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ। यद्यपि मासु कुन जनावरको हो भन्ने विषयमा परीक्षण तथा थप अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रमेश पालले जानकारी दिए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...