
चितवन । आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका ४५ बर्षिय बाबुले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको प्रहरी सामु स्वीकार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् ।
श्रीमती र छोरा जापानमा रहेका ती पुरुष पनि ८ महिनाअघि नेपाल आएका प्रहरीले जनाएको छ। नेपाल रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन भनी उनी यहाँ आएका थिए । उनी केही समयमा जापान फर्किने तयारीमा रहेका पनि प्रहरीमा बयानका क्रममा उल्लेख गरेका जनाइएको छ ।
प्रहरीका अनुसार बाबू छोरी मात्रै घरमा बस्थे । गत साउन २८ गते रक्सी सेवन गरेका उनले धम्की दिएर छोरीमाथि जबरजस्ती करणी गरेको किशोरीले निवेदनमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।
भदौ ४ गते प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको हो । अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

