
धनगढी । कैलालीको अत्तरिया बसपार्कमा बसको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाउनेमा गोदावरी नगरपालिका–१ की अन्दाजी ४० वर्षीया सिन्की बोहरा रहेकी छन् ।
उनलाई
आइतबार साँझ महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस र चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का २३ वर्षीय रोहित सिंह धामीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

