
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विष्णु मन्दिर नजिकको जंगलबाट प्रहरीले बेवारिसे कटुवा पेस्तोल बरामद गरेको छ।

आइतबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जंगलमा रुखको फेदमा लुकाइछिपाई राखिएको अवस्थामा कटुवा पेस्तोल थान–१ बरामद गरेको हो।
बरामद पेस्तोल कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

