रसुवा बाढीपछि हुम्लाका १२ जना सम्पर्कविहीन

cp new add
Nisharg hospital

रोजगारीका लागि रसुवा पुगेका हुम्लाका १२ व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका छन् । रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि हुम्लाका ८ जना पुरुष र दुई महिला सम्पर्कविहीन भएका हुन ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सम्पर्कविहीन हुनेमा खार्पुनाथ गाउँपालिका –१ का ३० वर्षका जनक बुढा, उनकी श्रीमती अनिता रावत, खार्पुनाथ गाउँपालिका–१ का उमेश बोहरा, उनकी श्रीमती र बच्चाको नाम खुलेको छैन ।

यस्तैगरी भन्सार कार्यालय रसुवामा कार्यरत अधिकृत ताजाँकोट गाउँपालिका–२ का नहकुल शर्मा, ताजाँकोट गाउँपालिका–२ कै धनराज जैशी र सर्केगाड गाउँपालिका–८ का मानसिंह ऐडी चंखेली गाउँपालिका–१ का मनजित बुढा, सर्केगाड गाउँपालिका–८ का तुलाराज बुढा, उनकी श्रीमती कविता बुढा, छोरी रियाशा बुढा सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले जानकारी दिए ।

सम्पर्कविहीन भएका व्यक्तिको तत्काल खोजी र उद्धार हुनुपर्ने माग परिवारले राखेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...