रसुवा बाढी : शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला

cp new add
Nisharg hospital

काठमाडौं । शनिबार दिउँसो ४ बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका ६६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो ।

उक्त सूचना अनुसार सबैभन्दा बढी २४८ शव चितवनमा फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेका छन् ।

हालसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । यस्तै, हराउने प्रहरीको संख्या २७ रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...