धनगढीमा टाटा मोटर्सको बिक्रेता जिएआरएस ट्रेडिङ ग्राहक ठग्दै ! फाइनान्स भन्दै आफैँ सम्झौता गरि १३ प्रतिशतसम्म ब्याज असुल्दै

cp new add
Nisharg hospital

धनगढी । धनगढीको बोराडाँडीमा रहेको टाटा मोटर्सको आधिकारिक बिक्रेता जिएआरएस ट्रेडिङले ग्राहाकसँग गैरकानुनी सम्झौता गरि ठगी गर्ने गरेको खुलेको छ ।

मोटर्सबाट कैलारीका नरेश चौधरीले २०८१ सालमा मासिक ब्याजसहित मासिक ५८ हजार रुपैयाँ किस्ता तिर्नेगरि बागमती प्रदेश ०१०२८ च ९६८१ नम्बरको कार खरिद गरेका थिए ।

मोटर्सले चौधरीसँग बैँकिङ कारोबार गर्ने अनुमति पाएको वित्तीय संस्थामार्फत फाइनान्स गर्नुपर्नेमा सोझै आफैँ सम्झौता गरेको खुलेको हो । बैँक तथा वित्तीय संस्थाले फाइनान्स सुविधामा अहिले ७ प्रतिशतसम्म ब्याज लिदै आएका छन् ।

तर, अशोक पाण्डे सञ्चालक रहेको टाटा मोटर्सको जिएआरएस ट्रेडिङले भने सोझै ग्राहाकसँग सम्झौता गरि सुरुदेखि नै १३ प्रतिशतसम्म ब्याज असुली गरिरहेको पाइएको हो । जुुन कुरा सरासर ठगी भएको स्पष्ट देखिन्छ ।

यति मात्र होइन गाडी खरिदकर्ता चौधरीसँग अशोक पाण्डेको कम्पनीले गाडी बिक्रि गर्ने बेला नै ब्ल्याक चेक समेत लिएको थियो । एकातिर फाइनान्स गरिदिएको भनी आफैँसँग सम्झौता गरि चर्को व्याज असुल्ने, अर्कोतिर ब्ल्याक चेक राखेर चौधरीलाई जतिबेला चेक बाउन्समा फसाउने धम्की समेत उनी दिदै आएका थिए ।

गत फागुनमा पाण्डेको शोरुमबाट खरिद गरिएको कार दुर्घटनामा परेपछि चौधरीले मर्मतका लागि लगेका थिए । तर, शोरूमका सञ्चालक अशोक पाण्डे र म्यानेजर करिना अन्सारीले मर्मतका लागि हालेको कार नदिएर उल्टै चौधरीलाई धाकधम्की दिएको विषय यसअघि नै सार्वजनिक भइसकेको छ ।

७ महिनादेखि गाडी शोरूमले नियन्त्रणमा राखेपनि चौधरीले सम्झौताअनुसारको रकम बुझाइसकेका थिए । ३६ लाखमा खरिद गरिएकोे उक्त कार लिने बेला चौधरीले ११ लाख पाण्डेलाई बुझाइसकेका थिए भने त्यसपछि गत असारसम्म आठ लाख ८८ हजार थप गरि करीब २० लाख शोरूमलाई तिरिसकेका छन् ।

तर, सञ्चालक पाण्डे र म्यानेजर अन्सारीले चौधरीलाई सम्झौता विपरीत नियमित किस्ताको सट्टा पूरा रकम तिरेर मात्र गाडी लैजान दबाब दिएपछि उनी प्रहरीमा पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयमा छलफलका क्रममा आफूले चौधरीसँग दुई वर्षको मात्र सम्झौता गरेको दाबी गर्दै सम्झौता सकिएकाले गाडी तानेको जिकिर गरेका थिए । प्रहरीकै सामू चौधरीलाई अनेक खालका धाकधम्की देखाएका पाण्डेले चलाखीपूर्वक उनलाई गाडी बैँकमा फाइनान्स गरिदिने तर त्यसका लागि चौधरीकै जग्गा धितो राख्ने सम्झौतामा हस्ताक्षर गराएका छन् ।

एकातिर २० लाख तिरिसकेको गाडी ७ महिनादेखि शोरुमको नियन्त्रणमा र अर्कोतिर अनावश्यक टचर सहन बाध्य चौधरीले पनि जे भए होस् भन्दै मिलापत्रमा हस्ताक्षर गरिसकेका छन् । चौधरी प्रतिनिधी पात्र भएपनि यो कम्पनीले यसैगरि अन्य ग्राहाकसँग पनि गैरकानुनी सम्झौता गरि दुःख दिएको हुनसक्ने आशंका बढेको छ ।

तर, सञ्चालक पाण्डे भने आफू कानुनसम्मत रुपले काम गर्ने व्यक्ति भएको घुर्की सञ्चारकर्मीसँग लगाउदै आएका छन् । उनी समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीसँग दुव्र्यवहार समेत उत्रिएका थिए । पाण्डेले गरेको दुव्र्यवहारको अडियो सुरक्षित रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...