
२६कात्तिक, धनगढी । बझाङको पाटादेवल केन्द्र बिन्दु बनाएर पाँच दशमलव चार म्याग्नीच्यूयडको भुकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका छन् ।

भूकम्पको धक्कापछि बझाङ र बाजुरामा मानिसहरु बाहिर निस्केर खुल्ला ठाउँमा बसिरहेका छन् । फेरी पनि भुकम्प आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै उनीहरु आगो तापेर रात कटाइरहेका छन् ।
शनिबार राति ८ बजेर १२ मिनेटमा बझाङ केन्द्र बनाएर भुकम्प गएको थियो । भुकम्पको धक्कापछि धेरै ठाउँमा घरहरु चर्किएका छन् ।

