एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजा ओसारपसारको आरोपमा तीन जना पक्राउ परेका छन् ।

विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन जंगल क्षेत्रमा खोजतलास गरेको थियो । सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोराभित्र एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट गाँजा ओसारपसारमा प्रयोग गरिएको बा १६ च ५२६९ नम्बरको बोलेरो समेत नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...