रसुवा बाढीपीडितसम्म राहत नपुगेको ओलीको दाबी

cp new add
Nisharg hospital

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर नपरी सबैसँग समन्वय गर्न चाहेको ओलीको भनाइ छ ।

‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...