
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
आजै ४ बजे भर्चुअल रूपमा पार्टीको केन्द्रीय समितिको बैठक बस्नेगरी सभापति रवि लामिछानेले आह्वान गरेको पार्टीका प्रवक्ता जगदिश खरेलले जनाएका छन् ।
बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक विषयमा छलफल हुने जनाइएको छ ।

