रसुवाको बाढीपछि IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द

cp new add
Nisharg hospital

काठमाडौं । रसुवा जिल्लालगायत विभिन्न क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष आयोजना हुने IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन शाखाले जारी गरेको पत्रमा बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति हुनुका साथै उत्पन्न परिस्थितिमा प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने भएकाले प्रतियोगिता रद्द गरिएको उल्लेख छ। 1779 IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्ध गरिएको ।.pdf  नेपाल प्रहरीका अनुसार IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुँदै आएको थियो।

तर, पछिल्लो समय रसुवासहितका क्षेत्रमा आएको बाढीबाट भएको व्यापक क्षति र त्यसबाट सिर्जित असहज अवस्थाका कारण प्रतियोगिता सञ्चालन गर्न उपयुक्त वातावरण नरहेको निष्कर्ष निकालिएको हो। प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेद्वारा हस्ताक्षरित पत्रमार्फत सम्बन्धित निकायलाई प्रतियोगिता रद्द गरिएको व्यहोरा जानकारी गराइएको छ।

1779 IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्ध गरिएको ।.pdf  बाढी तथा विपद्का कारण प्रहरी जनशक्ति उद्धार, खोजी, राहत तथा सुरक्षा व्यवस्थापनमा परिचालन भइरहेका बेला खेलकुद प्रतियोगिताभन्दा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको प्रहरीको निर्णयले देखाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...