
धनगढी । बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
सिगास गाउँपालिका–२ धौलाडीमा ५६ वर्षीय कालुसिंह धामीको भीरबाट लडेर मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनी बाख्रा चराउने क्रममा लुपडा काटे भन्ने भीरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । धामी करीब भीरबाट साढे तीन सय मिटर तल खसेको अवस्थामा मृत भेटिएका थिए ।

