धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ

cp new add
Nisharg hospital

 

काठमाडौँ । धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका राजन अर्याल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका–१४ का विशाल लामा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुले चन्द्रागिरि नगरपालिका–४ छुकिनटोलस्थित सडकमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर मोबाइल एक थान र रु तीन हजार नगद लुटपाट गरेका थिए ।

घटना लगत्तै फरार भएका उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१३ नैकापबाट पक्राउ गरेको हो । पक्राउका क्रममा प्रहरीले लुटिएको मोबाइल तथा घटनामा प्रयोग भएको घरेलु हतियार बरामद गरेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

घाइतेलाई उपचारका लागि थानकोट प्राथमिक अस्पताल पठाइएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...