कैलालीमा ट्रकले ओभर लोड बोक्ने क्रम रोकिएन, भैरवाहबाट आएका दुई ट्रक हसुलियामा ट्राफिक प्रहरीको नियन्त्रणमा

cp new add
Nisharg hospital

धनगढी । भैरवाहबाट ओभर लोड बोकेर आएका दुई वटा ट्रक कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भैरवाहबाट ओभरलोड बोकेर आएका सुपप्र ०१००१ ख ३६७७ र सुपप्र ०१००१ क २३९९ नम्बरको ट्रक हसुलियाबाट नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशमकुमार आचार्यले २१ टन क्षमताका दुवै ट्रकले बढि सामान बोकेर ल्याएको पाइएपछि नियन्त्रणमा लिइएको बताए । उनकाअनुसार ट्रकको लोड पल्टी गरिएको छ भने ट्रकलाई प्रचलित ऐनअनुसार जरिवाना तिराउने प्रक्रिया अघि बढाइएको छ ।

बिहीबारको समेत गरेर कैलाली प्रहरीले पछिल्लो तीन दिनमा मात्र ओभरलोड बोक्ने ९ वटा ट्रकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जनाएको छ । ओभरलोड बोक्ने ट्रकमाथि सेती महाकाली ट्रक व्यवसायी संघले समेत खबरदारी गर्दै आएको छ । तर बिहीबारको कारवाहीमा भने स्वयं उक्त संघकै वरिष्ठ उपाध्यक्ष योगेन्द्र बमको ट्रक परेको छ ।

संघकै ट्रकले ओभरलोड बोकेको विषय विवादमा परेको छ तर वरिष्ठ उपाध्यक्ष बमले आफू पनि ओभरलोड बोक्नु नहुने पक्षधर भएको बताए ।
बिहीबारको ट्रकमा स्टाफले भैरवाहबाट अरूले पनि ओभरलोड बोकेर ल्याएका कारण केही बढि सामान ल्याएको पाइएको बताए तर आफ्नो उदेश्य ओभरलोड बोक्ने नभएको उनी बताउँछन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...