श्रीलंका जान लागेका ३ जना एयरपोर्टमा पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका- २ घर भएका १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका-३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु एअर अरेबियाको जहाजमार्फत दुबई हुँदै श्रीलंका जान लागेका थिए । प्रारम्भिक अनुसन्धनका क्रममा उनीहरु भिजिट भिसामा श्रीलंका भनेर वैदेशिक रोजगारीमा कतार जान लागेको पाइएको छ ।

उनीहरुको साथबाट बरामद भएको श्रम स्वीकृत नक्कली रहेको देखिएकाले लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...