कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म

cp new add
Nisharg hospital

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ । यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

मन्त्रालयले प्रतियोगितालाई भव्य, सभ्य, व्यवस्थित र सफल बनाउन प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई योजनाबद्ध रूपमा तयारी तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ ।

खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित तथा अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने मन्त्रालयले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...