नख्खुमा बालुवा व्यवसायी मृत भेटिए

cp new add
Nisharg hospital

२८ कात्तिक, काठमाडौं । ललितपुरको नख्खुमा एक जना व्यवसायी मृत भेटिएका छन् ।

Nast Ad

रामेछाप घर भई नख्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षका राजन बस्नेत मृत भेटिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

बस्नेतको टाउकोमा चोट लागेको छ । उनलाई चोट कसरी लाग्यो र चोट नै मृत्युको कारण हो होइन भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुर अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ ।
शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...