धनगढीका राना भारतमा मृत फेला, सँगै गएका दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । साथीसँगै सीमावर्ती भारतीय बजार गएका धनगढीका एक युवक उतै मृत भेटिएका छन् ।

मृत भेटिनेमा धनगढी उपमहानगरपालिका–७ मनेहराका १९ वर्षीय मंगल सिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।

उनकाअनुसार राना ३१ भदौमा दुई जना साथीसँगै सीमावर्ती भारतीय बजार वनकट्टी गएका थिए । उनीसँग गएका २२ वर्षका आकाश राना र २३ वर्षीय निरजन राना घर आएका थिए भने मंगल घर फर्किएनन् ।

घटनाबारे उनका दाजु राकेश रानाले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीले शुक्रबार बिहान आकाश र निरजनलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको छ ।

हराएका मंगलले प्रयोग गर्ने सुपप्र ०१–००६ प ००६४ नम्बरको मोटरसाइकल भने धनगढी–१० जुगेडाको कटान गणपति इँटाभट्टानजिक फेला परेको प्रहरीले जनाएको छ । मंगलबार शव भने भारतमा फेला परेको छ ।

अहिले शव परीक्षणका लागि भारतीय प्रहरीले अस्पताल पुगाएको छ
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...