चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

cp new add
Nisharg hospital

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–४ का २६ वर्षीय सुधिर मुखिया बिन रहेका छन् ।

गत १ असोज साँझ जनकपुरधाम उपमहानगरपालिका–१० स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा बर्थिङका लागि आएकी महिलाका आफन्तले कार्यरत चिकित्सक डा. साहमाथि हातपात गरेका थिए । प्रहरी टोलीले घटनामा संलग्न दुवै जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ (ग) बमोजिम उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार स्वास्थ्यकर्मीमाथि कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...