
काठमाडौं । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर पर्साकै पटेर्वासुगौली गाउँपालिका- १ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरीलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा पटेर्वासुगौलीस्थित इलाका प्रहरी कार्यालयको टोली वडानम्बर १ को मलाही टोल पुगेको थियो । त्यसक्रममा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु भागेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

