कैलालीको अत्तरियामा कुकुुर काटेको अभियोगमा एक जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको अत्तरियामा कुकुर जस्तो देखिने पशु काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बस्ने ६४ वर्षीय सुरेश दमाई रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीले दमाईलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनले काटेर पोलेको अवस्थामा कुकुर जस्तो देखिने पशुलाई समेत बरामद गरेको छ ।

उक्त बरामद मासुलाई परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...