कैलालीमा खसी भन्दै बाख्रीकाे मासु बिक्री गर्ने राखेकाे आराेपमा मासु पसले प्रहरीकाे नियन्त्रणमा

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा खसी भन्दै बाख्रीकाे मासु बिक्री गर्न राखेको भन्दै एक जना मासु पसलेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

शुक्रबार बिहान कृषि ज्ञान केन्द्र कैलालीसहित विषयगत कार्यालयका कर्मचारी गरेकाे अनुगमन क्रममा अत्तरिया बजारमा रहेकाे रफिक मासु पसलमा खसी र बाख्रीकाे मासु फेला परेकाे थियो ।

अनुगमनका क्रममा खसीको भन्दै बिक्रिका लागि बाख्रीको मासु मिसावट गरेको अवस्थामा फेला पारेपछि रफिक मासु पसलका सञ्चालक रफिक मुुसलवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महराले उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यद्यपी रफिकले अनुगमन टोलीलाई अर्कै व्यक्तिले काटिदिन भन्दै बाख्री ल्याएपछि आफूले सहयोग गरिदिएको दाबी गरेका थिए ।

डीएसपी महराले नियन्त्रणमा लिएर इप्रका लैजाने क्रममा रफिकले माफी मागेर नियन्त्रणमा नलिन आग्रह गरेको समेत देखिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Loading...