कञ्चनपुरमा खैरो हेरोइनजस्तो पदार्थसहित युवक पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय निराजन ठकुराठी रहेका छन् ।

इलाका प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागेर चेकजाँच गर्ने क्रममा ठकुराठीको साथबाट २८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो । उक्त पदार्थसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...