
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित साना गाउँमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिराहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन् । बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार साँझ आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते मगरलाई तत्काल उपचारका लागि किष्ट अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले शनिबार राति मृत घोषणा गरेका हुन्।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

