
धनगढी । कञ्चनपुरको बेलौरीमा एक जना मृत भेटिएका छन् । बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी स्थानीय भङ्गी नालामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी गएरातिदेखि परिवारको सम्पर्कमा थिएनन् । केसी नालामा डुबेको आशंकामा प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका थिए ।
केसीलाई खोज्ने क्रममा नालामा मृत भेटेको प्रहरीले जनाएको छ ।

