कैलालीको अत्तरियामा यात्रु सहायता कक्ष सञ्चालनमा

cp new add
Nisharg hospital

धनगढी । कैलालीको अत्तरियामा चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

सहायता कक्षको डिआइजी सानु राम भट्टराईले रिबन काटेर उद्घाटन गरेका छन्।

चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले यात्राका क्रममा देखिने समस्या समाधान तथा आवश्यक सहजीकरणका लागि सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

यात्राका क्रममा कुनै समस्या परेमा ट्राफिक प्रहरीको १०३ वा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिनेछ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...