कांग्रेसले बढायो पदाधिकारी संख्या, वरिष्ठ उपसभापति थपिँदै

cp new add
Nisharg hospital

नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने भएको छ। खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी संख्या बढाउने प्रस्ताव निर्णयार्थ बन्द सत्रमा लैजाने निर्णय गरेको हो।

बैठकले वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गर्ने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहनेछन्।

संशोधित विधानअनुसार कांग्रेसमा अब कुल २१ जना पदाधिकारी रहने प्रस्ताव गरिएको छ। उपसभापति र महामन्त्री सबै निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ।

तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। यसअघि कांग्रेसमा दुई जना महामन्त्री रहने व्यवस्था थियो।

त्यस्तै, हाल ११ जना रहेको सहमहामन्त्रीको संख्या चार थपेर १५ पुर्‍याउने प्रस्ताव गरिएको छ। १५ सहमहामन्त्रीमध्ये दुई जना खुलातर्फबाट निर्वाचित हुनेछन् भने बाँकी समावेशी समूहबाट चयन गरिनेछ। समावेशीतर्फका सहमहामन्त्रीमध्ये केहीलाई सभापतिले मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...