


पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।



प्रहरीका अनुसार बिहिवार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित बनेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएको थियो।





दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७, विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।






