


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ। महानगरले सफाइ कर्मचारीहरू दसैं मनाउन जाने भएकाले चार दिन फोहोर संकलन कार्य प्रभावित हुने जानकारी दिएको हो।



आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी घरमै राख्न महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले अनुरोध गरेकी छन्।





‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ उनले भनेकी छन्।

उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने महानगरले जनाएको छ।






