


धनगढी । भारतको गौरीफन्टा प्रहरीले बैतडीका एक युवकलाई पक्राउ गरेको छ।


भारतबाट नेपालतर्फ ब्राउन सुगर लैजाँदै गरेको अवस्थामा बैतडीको पाटन नगरपालिका–६, टुडेगैरका २८ वर्षीय नीरज विष्ट पक्राउ परेका हुन्। उनलाई ८.२६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।






भारतको गौरीफन्टा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले असोज २८ गते चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विष्टको साथबाट दुई पोका बनाएर राखिएको क्रमशः ४.५८ ग्राम र ३.६८ ग्राम गरी कुल ८.२६ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
घटनाबारे एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।






