


धनगढी । सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले बोलाएको सर्वदलीय बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले बहिष्कार गरेपछि सभामुख भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगीत गरेका हुन् ।



भण्डारीले बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए तर कांग्रेस र राप्रपाले सिंगो प्रतिपक्षी दल संसदमा उपस्थित नहुँदा चालु आर्थिक वर्षको बजेट पारित गरेको भन्दै सभामुखले बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताएका छन् ।





सोही कारण शुक्रबारको बैठकमा सहभागी नभएको कांग्रेस संसदीय दलले जनाएको छ । सभामुख भण्डारीले पूरक बजेटका लागि संसदीय अध्ययन समिति गठन गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।






