po
care tekar

महाकालीमा हाम फालेकी महिला बचाउने दार्चुलाका प्रहरी जवान गृहमन्त्रीबाट पुरस्कृत

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । महाकाली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी महिलालाई आफ्नो ज्यानको प्रवाह नगरी सकुशल उद्धार गरेका दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरा गृहमन्त्रीबाट पुरस्कृत भएका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा गृहमन्त्री सुधन गुरुङले महरालाई प्रशंसापत्रसहित पुरस्कृत गरेका हुन्।

sanjiwan
Nisharg

महाकाली नदीमा हाम फालेकी महिलाको उद्धार गर्दै साहस, कर्तव्यनिष्ठा र समर्पण प्रदर्शन गरेका महरा २०८३ साल असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

महरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले प्रशंसापत्र प्रदान गरेका थिए। प्रशंसापत्र प्रदान गर्दै भट्टराईले नागरिकको जिउज्यानको रक्षा गर्न आफ्नै ज्यानको समेत प्रवाह नगरी खटिने प्रहरी कर्मचारीको साहस र समर्पणको प्रशंसा गरेका थिए।

HAMRO DAIRY

उनले यस्ता प्रेरणादायी कार्यले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्य गर्न उत्प्रेरित गर्ने र राम्रो कामको सदैव उचित मूल्याङ्कन हुने बताए।

‘पुलिस अफ द मन्थ’ सम्मानअन्तर्गत महरालाई प्रहरी अभिलेखमा जनिने गरी प्रशंसापत्रका साथै नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

Navjeen New Ad
Rastiye college
Loading...