press
po

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

sanjiwan
Nisharg

घोडाघोडी, कैलारी र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्। घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिकै साँझ करिब साढे ८ बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किएका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति १०ः५० बजे मृत घोषणा गरिएको थियो।

HAMRO DAIRY

त्यस्तै, राति साढे २  बजेतिर कैलारी गाउँपालिका–७ काे रामपुरस्थित हुलाकी राजमार्गमा माेटरसाइकल अनियन्त्रित भएर  दुर्घटना हुँदा थप एक जनाकाे मृत्यु  भएको छ ।

Nav

भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको माेटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २६ वर्षीय शिवलाल चौधरी घाइते भएका थिए।

उनलाई घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।

यस्तै, टीकापुरमा पनि राति माेटरसाइकलले ठक्कर दिदा पैदल यात्रीकाे मृत्यु भएको छ । राति १० बजेतिर से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५३ वर्षीय लक्ष्मीराम थारू गम्भीर घाइते भएका थिए।

१९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि थारूलाई टीकापुर अस्पताल पुर्‍याइएको थियो। उनको राति साढे बजे मृत्यु भएको प्रहरीले  जनाएको छ।

उनकाे शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

Navjeen New Ad
Rastiye college
Loading...