


धनगढी । धनगढी उपमहानगरपालिकाले दसैँको दिन नागरिकलाई निःशुल्क यातायात सेवा दिने भएको छ।


उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट निःशुल्क यातायात सेवा उपलब्ध गराइनेछ।






नगर प्रहरीमार्फत जिप र मोटरसाइकल प्रयोग गरी सेवा सञ्चालन गरिने मेयर हमालले बताए।

उनले दसैँका दिन आवतजावत गर्नुपर्ने नागरिकलाई निःशुल्क यातायात सेवाको लाभ लिन आग्रह गरेका छन्।
`टीका थाप्न आवातजावत गर्नुपर्ने तर सवारीसाधनको सुविधा नभएका नागरिकलाई लक्षित गर्दै यातायात सेवा संचालन गर्न लागिएको हो,´ मेयर हमालले भने।
धनगढीकै नवजीवन अस्पतालले पनि नि:शुल्क बस सेवा सञ्चालन गरिने जनाएको छ ।






