


धनगढी । कञ्चनपुरमा माेटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन् ।



गएराति त्रिभुवनबस्तीमा सुदूरपश्चिम प्रदेश ०१००९ प ६९१७ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा डाेटीकाे पूर्वीचौकी गाउँपालिका–२ घर भएका नेपाल प्रहरीका जवान समेत रहेका डबल ठकुल्ला घाइते भएका हुन् ।





उनलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको छ। ठकुल्लाकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ ।






