press
po

घोडाघोडीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै, विजेतालाई खसी र बोका पुरस्कार

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलाली। कैलालीको घोडाघोडीमा घोडाघोडी सञ्चारकर्मी समूहको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १३ र १४ गते सञ्चालन हुने प्रतियोगितामा विभिन्न संघ–संस्था तथा कार्यालयका टोलीलाई सहभागी गराइने भएको हो।

sanjiwan
Nisharg

प्रतियोगितामा प्रथम हुने टोलीले आकर्षक खसी र दोस्रो हुने टोलीले आकर्षक बोका पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक १० गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

घोडाघोडी सञ्चारकर्मी समूहका अध्यक्ष खेम ढुङ्गानाले विभिन्न क्षेत्रका व्यक्तिहरूबीच आपसी सद्भाव, सहकार्य र भाइचाराको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनका अनुसार प्रतियोगिता खेलकुदमा सीमित नरही विभिन्न पेशा तथा क्षेत्रका व्यक्तिहरूलाई एकै ठाउँमा जोड्ने अवसरसमेत बन्नेछ।

HAMRO DAIRY
Nav

ढुङ्गानाले भने, “हामीले विभिन्न संघ–संस्था, कार्यालय र पेशामा आबद्ध व्यक्तिहरूबीच आपसी सम्बन्ध र सद्भाव बढाउने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौँ। प्रतियोगितामार्फत खेलकुदको विकाससँगै सामाजिक एकता र सहकार्यको भावना अभिवृद्धि हुने विश्वास लिएका छौँ।”

उनका अनुसार प्रतियोगितामा पत्रकार, उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी संघ, सरकारी तथा सामुदायिक विद्यालय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, बैंक कर्मचारी, नेपाल जेसीज तथा स्थानीय तहका जनप्रतिनिधिका टोलीले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले पाँच हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। पत्रकार टोलीका सदस्यसँग पत्रकार परिचयपत्र वा सञ्चारमाध्यमको वेबसाइटमा नाम प्रकाशित भएको प्रमाण हुनुपर्नेछ। अन्य संघ–संस्था तथा कार्यालयका टोलीका सदस्यले सम्बन्धित संस्थामा कार्यरत रहेको प्रमाण पेस गर्नुपर्नेछ भने जनप्रतिनिधिको टोलीमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि मात्र सहभागी हुन पाउनेछन्।

खेलाडीले प्रतियोगिताका क्रममा जर्सी र जुत्ता अनिवार्य लगाउनुपर्नेछ। खेलका क्रममा कुनै विवाद उत्पन्न भए आयोजकको निर्णय अन्तिम हुने सूचनामा उल्लेख छ।

आयोजकले इच्छुक संघ–संस्था तथा कार्यालयका टोलीलाई निर्धारित समयभित्र आवश्यक कागजातसहित टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...