


कञ्चनपुर । लागुऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।



पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–६ का २९ वर्षीय टेकबहादुर चौधरी रहेका छन्।





जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०८१ जेठ ४ गतेको फैसलाबाट उनलाई उक्त मुद्दामा ८ महिना १९ दिन कैद सजाय तोकेको थियो।

फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधबार साँझ पक्राउ गरेको हो।






