press
po

दशैं मान्न ससुराली गएका व्यक्तिद्वारा धारिलो हतियार प्रहार, श्रीमतीसहित चारजना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् ।

sanjiwan
Nisharg

घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई रहेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

दशैं मान्न ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले उनीहरूमाथि आक्रमण गरेको खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

HAMRO DAIRY

बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारका श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् ।

प्रहरीका अनुसार आक्रमणबाट अन्जना र तेनिनाको अवस्था गम्भीर छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ ।

हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...