


कञ्चनपुर । कञ्चनपुरमा ४ किलो ३२४ ग्राम अवैध लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन्।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यू खप्तड नेपाल होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।





तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले होटलमा चेकजाँच गर्ने क्रममा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुरेन्द्रबहादुर बुढाले आफू बसेको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चरेस फेला पारेको हो।

प्रहरीले चरेस बरामद गरी बुढालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






