


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरस्थित एलेक्स पोल्ट्री एण्ड फिस फर्मको पोखरीमा माछा चोर्न आएका व्यक्तिहरू पोखरीधनीले थाहा पाएपछि भागेको बताइएको छ।



भाग्ने क्रममा उनीहरूले घटनास्थलमै एक थान आइफोन, एक जोर चप्पल, डोरी, धागो, बल्छी, माछा र गँड्यौला छाडेको जनाइएको छ।





घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उक्त आइफोनसहितका सामान इलाका प्रहरी कार्यालय झलारीमा बुझाइएको फर्मका सञ्चालक अतुलबहादुर ऐरले जानकारी दिएका छन्।






