



नयाँ व्यवस्थाअनुसार, कुनै प्रयोगकर्ताले लगातार हिंसा वा अरूलाई हानि पुर्याउने विषयमा मात्र केन्द्रित रहेर कुराकानी गरेमा च्याटजीपीटीले उक्त च्याट सेसन बन्द गर्न सक्नेछ । यस्ता गतिविधि पटक–पटक दोहोर्याएमा प्रयोगकर्ताको खाता अस्थायी रूपमा निलम्बनसमेत हुन सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, विगतका सामूहिक नरसंहार तथा आक्रमणका घटनाबारे विस्तृत जानकारी, प्रयोग गरिएका हतियारका प्रकार र ती हतियार प्राप्त गर्ने तरिकासम्बन्धी विवरणमा समेत पहुँच सीमित गरिनेछ ।
ओपनएआईका अनुसार नयाँ सुरक्षा व्यवस्था आगामी केही साताभित्र चरणबद्ध रूपमा लागू हुनेछ । कम्पनीले आवश्यकताअनुसार सुरक्षा नीतिको समीक्षा र परिमार्जन गर्दै जाने जनाएको छ ।
यसअघि सार्वजनिक गरिएको प्रतिवेदनमा किशोर प्रयोगकर्ताको सुरक्षासम्बन्धी कमजोरी औँल्याइएको थियो । विशेषगरी आत्महत्या, आत्महानी तथा खानपानसम्बन्धी गम्भीर समस्यामा अभिभावकलाई समयमै सूचना दिन नसकेको विषयले ओपनएआईको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको थियो ।
युवापुस्ताको मानसिक तथा शारीरिक सुरक्षालाई लिएर एआई कम्पनीमाथि दबाब बढिरहेका बेला ओपनएआईले नयाँ सुरक्षा नीति अघि सारेको हो ।








