press
po

चित्त नबुझे जागिर छाड्नुस्, तर आर्थिक अनियमितता गर्नेलाई छुट छैन : एसएसपी काफ्ले

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनुशासन र प्रहरी आचरणमा कुनै सम्झौता नगर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्।

sanjiwan
Nisharg

आइतबार राजधानीमा आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले राज्यले दिएको सेवा-सुविधामा चित्त नबुझ्नेले जागिर छाड्न सक्ने तर बर्दीको दुरुपयोग गरी अनियमितता गर्नेलाई कुनै छुट नहुने स्पष्ट पारे। एसएसपी काफ्लेले चालु आर्थिक वर्ष सुरु भएयता मात्रै आचरणविपरीत काम गर्ने २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेको तथ्यांक पेस गर्दै चेतावनी दिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद कुरा अरू केही हुँदैन,’ उनले भने, ‘राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। चित्त बुझ्दैन भने अन्य क्षेत्रमा जाने विकल्प खुला छ, तर नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन।’

HAMRO DAIRY
Nav

सडकमा प्रत्यक्ष रूपमा खटिने र नागरिकसँग दैनिक सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीको व्यवहार मर्यादित र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए। सडकमा खटिँदा सधैँ एउटै अवस्था नहुने भन्दै उनले परिस्थितिको मूल्याङ्कन गरेर स्वविवेकीय अधिकारको उचित प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिए।

‘कोही व्यक्ति घाइते बोकेर हतारमा अस्पताल जाँदै गरेको हुन सक्छ भने कोही मापसे गरेर होहल्ला गर्दै आएको हुन सक्छ,’ काफ्लेले उदाहरण दिँदै भने, ‘पछाडि घाइते राखेर तीन जना सवार भएको अवस्था र मापसे गरेर हेल्मेटविना तीन जना गुडेको अवस्थालाई एउटै दृष्टिकोणले हेर्न मिल्दैन। यस्तो बेला परिस्थितिअनुसार तपाइँहरूको स्वविवेक प्रयोग हुनुपर्छ।’

यद्यपि, जानाजान कानुन उल्लङ्घन गर्ने र होहल्ला गर्नेलाई भने कानुनबमोजिम नै कडा कारबाही गर्न उनले निर्देशन दिएका छन्।

व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न र ट्राफिक प्रहरीका कारण सर्वसाधारणले सडकमा अनावश्यक दुःख नपाउने वातावरण सुनिश्चित गर्न उनले मातहतका कर्मचारीलाई सचेत गराएका छन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...