press
po

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ फल्टुडीबासबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित एकजना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय ६० वर्षीय लालबहादुर कामीलाई भरुवा बन्दुक बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीका अनुसार उनको घरमा अवैध रूपमा बन्दुक बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विपिनगरको टोलीले खानतलासी गरेको थियो ।

HAMRO DAIRY
Nav

सो क्रममा घरको कोठामा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा फलामको नाल २ थान, औजार (रेती)३ थान, छिनो २ थान, कस्सी १ थान, माछाको आकारको पित्तलको प्लेट १ थान, खुँडा २ थान, पुरानो भरुवा बन्दुक १ थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको नाल ६ थान बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामग्रीसहित कामीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लम्की, कैलालीको हिरासतमा राखेको छ।

उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...