


धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय अछामको निरीक्षण तथा अनुगमन गरेका छन् ।



मंगलबार उनले जिल्ला प्रहरी कार्यालय अछामको निरीक्षण गर्दै विभिन्न शाखा, भौतिक तथा प्रशासनिक व्यवस्थापन र प्रहरी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन् ।





निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख भट्टराईले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन, प्रहरी अनुशासन र व्यावसायिकता कायम राख्न निर्देशन दिएका छन् ।

त्यस्तै, नागरिकमैत्री प्रहरी सेवा प्रवाहमार्फत प्रहरीप्रति नागरिकको जनविश्वास अभिवृद्धि गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।






