


धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट भित्र्याइएका २ लाख ५६ हजार रुपैयाँभन्दा बढीका सामान बरामद गरेको छ ।



जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट मंगलबार खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका विभिन्न किसिमका कपडा, किराना सामान र नम्बर प्लेट नभएको एउटा मोटरसाइकल बरामद गरेको हो ।





प्रहरीका अनुसार बरामद गरिएका सामानको अनुमानित मूल्य २ लाख ५६ हजार ५० रुपैयाँ रहेको छ ।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






